झापा, चैत २ । झापाको बाह्रदशी गाउँपालिका– ६ नारायण चोकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक गंभीर घाइते भएका छन् ।

गएराति १२ः४५ बजे चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय विकास भट्टराई गंभीर घाइते भएका हुन् ।
टाउकोमा चोट लागेर गम्भीर अबस्थाका भट्टराईलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।