झापा, चैत ३ । तीन दिने कार्यक्रमका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द झापा आइपुगेका छन् ।

उनी हिजो साँझ काठमाण्डौबाट चन्द्रगढी विमानस्थलमा अवतरण गरेका थिए । विप्लवलाई स्वागत गर्न नेकपा किरात लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी, झापा इन्चार्ज सुमनसिंह सीलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उनी अर्जुनधाराको कप्तानवारीमा राति बास बसेका थिए । आज बिहान सीमा अवलोकन गर्न मेची पारी गएको प्रहरीले जनाएको छ । तीन दिनको झापा बसाइँमा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्