झापा, चैत १२ । तेह्रथुममा चार वर्षीया बालिकाले विष सेवन गरेकी छन् ।

हिजो दिउँसो ३ः३० बजे तेह्रथुम म्याङलुङ ३ नागदह बस्ने लिलाम्बर रसाइलीकी छोरी ४ वर्षीया आयुसा रसाइलीले विष सेवन गरेकी हुन् । तरकारी फर्ममा खेल्ने क्रममा उक्त फर्ममा राखिएको मेटासिट नामक बिषादि उनले सेवन गरेकी हुन् ।

सिकिस्त अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल म्याङ्लुङमा लगिएको थियो । त्यहाँ संभव नभएपछि थप उपचारको लागि साँझ ७ः५० बजे धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्