झापा , चैत १२ । भारतबाट ठूलो मात्रामा लागूऔषध भित्र्याउन खोज्ने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत पश्चिम बंगाल उत्तर दिनाथपुर जिल्ला दाकोला गिराम बस्ने ३२ वर्षीय सम्साद खान र सोही ठाउँ २७ वर्षीय साहेव अली ९३ ग्राम ६४० मिलिग्राम (प्लाष्टिकसहित) ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरुले पाईन्टभित्र लुकाई छिपाई सेतो प्लाष्टिकमा ब्राउनसुगर ल्याएका थिए ।

गएराति ११ बजे मेचीनगर –६ स्थित मेची खोलाबाट लुकी छिपी नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोली, सशस्त्र प्रहरी बल, नेपालद्वरा परिचालन गरिएको ल्याब्राडोर जोजो नामको शिकारी कुकुर र नेपाल प्रहरी लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकारभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्