झापा , चैत १२ । दियोबाट आगो सल्किँदा झापाको हल्दिवारीमा एक घर जलेर नष्ट भएको छ ।

गएराति अन्दाजी ८ः२५ बजे हल्दिवारी गाउँपालिका वडा न.२ सुकुम्बासी टोल बस्ने बिष्णु कट्टेलको टिनको छानो, खरको टाटीबेरा भएको एक तले घर जलेर नष्ट भएको हो । घरमा बिद्युत लाईन जडान नभएका कारण विष्णुकी छोरी लक्ष्मीले सुत्ने कोठामा दियो बालेर सुतिरहेको अवस्थामा खरको टाटीबाट आगो सल्किएर आगलागी भएको थियो ।

प्रहरी, स्थानीय र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन गरी अन्दाजी ८ लाख बराबरको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्