झापा , चैत १३ । मोरङ र तेह्रथुममा   भएका आगलागीबाट चारवटा घर जलेर नष्ट भएको छ । 	

हिजो दिउँसो ४;१० बजे मोरङ केराबारी वडा नं.९ भालुगैडे बस्ने ५० वर्षीय रामबहादुर गुरुङको टिनको छानो, ईटाको गारो भएको एकतले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो ।

आगलागीबाट घरमा रहेको काठपात, लत्ताकपडाका, अन्य सरसामान जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ । प्रहरी ,बेलबारीे, सुन्दरहरैचा ,लेटाङ नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

त्यस्तै हिजो दिउँसो १.३० बजे अचानक आगलागी हुँदा तेह्रथम फेदाप ३ तोक्मा बस्ने दिलकुमारी लिम्बूको तीनवटा घर जलेर नष्ट भएको छ । ढुंगा र माटोले बनेको टिनको छानो भएको २ तले घर , ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले नयाँ घर,ढुंगा माटोले बनेको टिनको छानो भएको १ तले किचन र दुई वटा सँुगुर पूर्णरुपमा जलेर नष्ट भएको हो ।एउटा भैँसी र एउटा गोरु घाइते भएका छन् । क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्