झापा, चैत १९ । जिल्ला प्रहरी कार्यालय इलामले नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा इलाम नगरपालिका ४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपाली र चुलाचुली गाउँपालिका ६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर बिश्वकर्मा रहेका छन् । नेपालीले परिवर्तित नाम (इलाम–ढ )लाई ललाई फकाई धाक धम्की दिई पटक पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय इलाम र अस्थाई प्रहरी पोष्ट बिब्ल्याटेबाट चैत १४ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ परेका नेपालीलाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक संजिव बोगटीले बताए ।

त्यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका –६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर बिश्वकर्मा रहेका छन । उनले नाम परिवर्तन (इलाम–त) लाई किराना पसलमा सामान किन्न गएको बेला एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी पेल्टिमारीबाट चैत १७ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा बिश्वकर्मालाई पक्राउ गरेको थियो । पक्राउ परेका बिश्वकर्मालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्