झापा , चैत २२ । सुनसरीको इटहरीमा रहेको क्लव के डान्सबारमा मध्यरातमा विवाद भएको छ ।

राति अन्दाजी १२ः४० बजे इटहरी –६ इटहरी चोकस्थित क्लव के डान्सबारमा आएका तत्काल उमेर नखुलेका वडा नं.८ हाटखोला बस्ने सुशिल राजवंशी,आशिष चौधरी,सूर्य गुरुङ, खनार घर भएका सुजन बिष्टलगायत ७÷८ जना युवाहरुको समूहले क्लबमा कार्यरत बाउन्सरसंग विवाद गरेका थिए । बाउन्सरलाई काट्छौ भन्दै उनीहरु निस्किएका थिए ।
त्यसरी विवाद गर्नेहरुलाई क्लवका बाउन्सरहरुले खोजी गर्दै जाने क्रममा क्लवका बाउन्सर इटहरी ५ बस्ने ३० वर्षीय बिजय मगरमाथि युवाहरुले धारिलो हतियार प्रहार गरेका थिए । उनको बाँया पाखुरा काटिएको छ । उनलाई उपचारको लागि इटहरीस्थित सामुदायिक पोलिक्लिनिक लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट मोवाइल टोली परिचालन भई ती युवाहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।