झापा , चैत २२ । इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमको हिरासतमा राखिएका एक थुनुवा प्रहरीलाई छक्याएर फरार भएका छन् ।

ठगी सम्बन्धी कसूर मुद्धामा पक्राउ परेका धरान १ बस्ने २६ वर्षीय सागर भन्ने धनबहादुर भुजेल फरार भएका हुन् । थुनुवा भुजेललाई २ जनाको प्रहरी टोलीले ना ६ ख ६५४१ नम्बरको रेसम फिलिलि गाडीमा काठमाण्डौ लैजाने क्रममा आज दिउँसो ४ बजे उक्त गाडी रोकी होल्ड गर्ने क्रममा यातायात कार्यालय इटहरी अगाडि गाडीबाट झर्ने क्रममा प्रहरी कर्मचारीलाई छक्याएर उनी भागेका हुन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।