झापा, चैत २८ । इलाममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति १०ः५० बजे इलाम नगरपालिका ७ जिरोस्थित मेची राजमार्गमा धोबिधाराबाट जिरोतर्फ जाँदै गरेको को १ त ७३४१ नंम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
मृतक ट्रयाक्टर चालकको पहिचान खुलिसकेको छैन । जिल्ला इलाम( ठेगाना तत्काल नखुलेको) अन्दाजी वर्ष ४० का सुवास तामाङ भनिएपनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाएकोमा राति ११ः२० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।घटनास्थलको मुचल्का तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएको इलाम प्रहरीले जनाएको छ ।