झापा, चैत २९ । इलाममा ससुराको बन्चरो प्रहारबाट घाइते भएका ज्वाइँको उपचारका क्रममा मृत्यु भएको छ ।

चैत २० गते बिहान ११ बजे इलाम नगरपालिका १२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले ससुरालीमा बस्दै आएका आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए । टाउकोमा चोट लागेर गंभीर अवस्थाका जवेगुलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएकोमा त्यहाँ संभव नभएपछि सोही दिन थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।

तर घाइतेको अवस्थामा सुधार नआएको र आफन्तको आर्थिक स्थिति कमजोर रहेकाले जवेगुलाई हिजो राति ८ः४५ बजे बीएण्डसी अस्पतालबाट जिल्ला अस्पताल इलाम फिर्ता लगिएको थियो । आज दिउँसो १.१० बजे जिल्ला अस्पताल इलाममा उपचारको क्रममा जवेगुलाई डाक्टरले मृत घोषणा गरेका थिए । घाइतेको उपचारमा संलग्न रहेका ससुरा अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्