झापा , बैशाख १ । ताप्लेजुङमा घरमाथि सुख्खा पहिरो खस्दा लाखौंको धनमाल क्षति भएको छ ।

हिजो दिउँसो अन्दाजी १२;४५ बजे बाटो माथिबाट सुख्खा पहिरो खस्दा ताप्लेजुङ फक्ताङलुङ –३ दिबुङ बस्ने देउप्रसाद निरौलाको ढुङ्गा,माटो,टीनको छाना भएको तीनतले घर,सोही घरसंगै रहेको भान्सा घर पुरिन गई पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

घर, घरभित्र रहेको लत्ताकपडा, मकै १३ मुरी, कोदो ४ मुरी, धान २० मुरी, दाल २ मुरी, आलु २ मुरी, भाँडाबर्तन, ल्यापटप थान १, मोबाईल थान २, सुनको नौगेडी ४ आना, सुनको औठी ५.५ आना थान २, सुनको मिनी पिञ्जडा ७ आना गरी ३४ लाख ७४ हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही घरमा डेरा गरी बस्ने वडा सचिव ओमप्रकाश पौडेलको ल्यापटप, प्रिन्टर, बायोमेट्रिक हाजिरी मेसिन, टेबल, विभिन्न खातापाता, छाप, लत्ताकपडा गरी १ लाख७७ हजार बराबरको क्षति भएको छ । भौतिक क्षति भएपनि मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्