झापा, बैशाख १ । नयाँ वर्षमा इलाम घुम्न गएका बिर्तामोडका युवकको मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

आज दिउँसो ४ः१० बजे इलाम माई नगरपालिका –४ सुखानीस्थित बिर्तामोड–दानाबारी भित्री सडकखण्डमा दानाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नं. को मोटरसाइकलले अर्जुनधारा– ६ बस्ने रोम पाठकका छोरा २ वर्षीय ओस्कर पाठकलाई ठक्कर दिई घाइते बनाएको थियो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचारको गराइरहेकोमा दिउँसो ४ः४५ बजे उपचारका क्रममा मृत्य भएको हो ।
दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड– ४ बस्ने ३३ वर्षीय नकुल राजवंशीलाई प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।