झापा, बैशाख १ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा बेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

गएराति विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युवमाथि नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ ।
यता हिजो बेलुका झापाको प्रहरी चौकी महारानीझोडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका–७ का २८ बर्षीय बिशाल लिम्बूलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेटसहित नियन्त्रणमा लिएको छ ।