झापा, बैशाख १ । इलामको जोगमाई खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

आज दिउँसो १२ बजे इलाम सूर्योदय नगरपालिका– ९ ढोरे बस्ने ६५ वर्षीय देवकुमार राई कोही कसैलाई नभनी घरबाट हिडेका थिए । साँझसम्म घर फर्केर नआएपछि आफन्त तथा छरछिमेकले खोजतलास गर्ने क्रममा त्यही रहेको जोगमाई खोलामा घोप्टो परी मृत अवस्थामा उनी फेला परेका हुन् ।

प्रहरी चौकी फिक्कलबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्