झापा, बैशाख १० । बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले रिले अनशन शुरु गरेका छन् ।

क्याम्पस प्रशासनले दुईजना विद्यार्थीलाई निष्काशन गरेपछि उनीहरु आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले सप्तरी घर भएका लालु यादब र ताप्लेजुङ घर भएका धिरेन्द्र अधिकारीलाई लालु यादब र धिरेन्द्र अधिकारीलाई ७ दिन सम्मको लागि निष्काशन गरेको हो । यादब र अधिकारीले कम्प्युटर इन्जिनियरिङ र सिभिल इन्जिनियरिङमा पढाई राम्रो नभएको, प्राबिधिक कुरामा कमिकमजोरी भएको भन्दै त्यसको व्यवस्थापन गर्न माग राखेका थिए ।

क्याम्पस प्रशासनले उक्त माग सम्बोधन गर्न बैशाख ५ गते अभिभावकसहितको बैठक राखेको थियो । माग संबोधन गर्नुको साटो क्याम्पस प्रशासनले यादब र अधिकारीलाई निष्कासन गरेको विद्यार्थीहरुले बताएका छन् । आज बिहान ११ः३० बजेदेखि अर्जुनधारा –११ स्थित पाथिभरा इन्जिनियरिङ कलेज (पाथीभरा सेन्टर फर एड्भान्स स्टडी) मा उनीहरुले रिले अनशन शुरु गरेका हुन् ।

बैशाख ९ गते क्याम्पसका संचालक युवराज प्रसाईं र क्याम्पसका सीइओ अनुज पराजुलीले बिद्यार्थीहरुलाई अभद्र ब्यवहार र धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा क्याम्पस प्रशासनले विद्यार्थीहरुको माग सम्बोधन गरि माफी माग्नु पर्ने भन्दै क्याम्पसको गेट अगाडि रिले अनशन जारी राखेका छन् । अनशनस्थलमा नेपाल विद्यार्थी संघ झापाका सभापति संजय निरौलाको नेतृत्वमा करिब १० जना विद्यार्थीहरु आई आन्दोलनप्रति पूर्ण समर्थन जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्