झापा, बैशाख १४ । झापा दमकको नालामा बेवारिसे शव फेला परेको छ ।

आज बिहान अन्दाजी ६ बजे दमक नगरपालिका वडा न. ४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वपट्टि नालामा घोप्टो परेको अबस्थामा बेवारिसे शव फेला परेको हो । तत्काल नाम थर वतन नखुलेको ,सेतो सर्ट, खरानी रंगको पाइन्ट लगाएको पुरुषलाई मृत अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ४५ वर्षको मंगोलियन अनुहार, रातो वर्ण भएको र साथबाट किपेड मोबाइल फेला परेको मृतकको सनाखतको लागि थप अनुसन्धान भइरहेको छ ।सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्