झापा, बैशाख १४ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आइतबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरतर्फ आउँदै गरेको प्र१–०१–००१ ख ३४२० नं. को डल्फिन यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत भएको छैन । दुवैको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पु¥याइएका सप्तकोशी नगरपालिका– १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । दुर्घटनामा दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्