झापा, बैशाख १४ । ताप्लेजुङमा हावाहुरीबाट ठूलो क्षति भएको छ ।

आज दिउँसो २ बजेदेखि लगातार चलेको हावाहुरीका कारण फुङलिङ नगरपालिका –१०, मयाम बस्ने मानबहादुर लिम्बूको घर, धनबहादुर लिम्बूको भान्सा र सुरबहादुर खत्रीको कटेरोको छाना उडाई क्षति पुर्याएको छ ।
त्यस्तै ताप्लेजुङ जिल्लामा बिद्युत आपूर्तिमा समस्या भएको छ भने संचारमाध्यमहरु प्रभाबित बनेका छन् । हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।