झापा, बैशाख १६ । घरको गेटले किचेर विराटनगरमा एक बालकको मृत्यु भएको छ ।

आज बिहान ९ः४० बजे मोरङ विराटनगर– ४ जामुनगाछी राधाकृष्ण मार्ग बस्ने नारायण झाका छोरा १० वर्षीय प्रियान्सु झा आफ्नै घरको फलामको मेनगेट खोल्ने क्रममा अचानक गेट लडी किचेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगरमा लगी डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्