झापा, बैशाख १७ । चट्याङले लागेर तेह्रथुममा एक बालकको मृत्यु भएको छ भने अर्का गंभीर घाइते भएका छन् ।

हिजो साँझ ५ बजे तेह्रथुम म्याङलुङ ७ चैते बस्ने गोपाल गुरुङका छोरा १५ वर्षीय उज्वल गुरुङ र सोही ठाउँ बस्ने भिमबहादुर गुरुङका छोरा ९ वर्षीय सौरभ गुरुङ वडा नं ६ को सिमिनाक्षी मन्दिर नजिक हावाहुरी तथा बर्षासंगै परेको चट्याङले लागेर घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकोेमा साँझ ६.३० बजे उपचारको क्रममा उज्वलको मृत्यु भएको हो । सौरभको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।