झापा,बैशाख १८ । मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई बिहीबार सम्मान गरेको छ ।

रतुवामाई ७ स्थित सिंजुवा स्वास्थ्य चौकी परिसरमा सडक किनारमा बसेर जुत्ता चप्पल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मान गरिएको हो ।
सम्मानितहरूलाई नगरप्रमुख नागेश्वरप्रसाद सिंह गनगाई, उपप्रमुख दमयन्ता चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले चार वटा प्लास्टिकका पिरा, ठुलो छाता, टी सर्ट र मर्मत सामग्री राख्ने जस्ताको बाकस प्रदान गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले सबै समुदाय र वर्गका नगरवासीसँग नगरपालिका जोडिएको बताए । नगरप्रमुख सिंहले जुनसुकै श्रम जुन जातिले पनि गर्न सकिने बताउँदै हामी कहाँ बौद्धिक श्रम गर्नेलाई मात्रै सम्मान गर्ने परम्परा रहेकाले त्यो पुरातन परम्परा नगरपालिकाले तोडेको उल्लेख गरे । ठुलो वा सानो सबै काम रोजगारसँग जोडिएको बताउँदै अर्थ आर्जन हुने काम सबै जातजातिले गर्न आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्