कुमरखोद, बैशाख २६ ।झापा गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविर शरणामती स्वास्थ्य चौकीमा बिहीवार सम्पन्न भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सरे प्रविधिद्वारा क्षयरोगी पत्ता लगाउन गरिएको स्वास्थ्य शिविरमा महिला ४९८ जना र पुरुष ३७० गरी जम्मा ८६८ जनाले छातीको चेकजाँच गराएका छन् ।

कुमरखोद स्वास्थ्य चौकीमा २०१, आधारभूत अस्पताल टाँघनडुब्बामा ३०४ र शरणामती स्वास्थ्य चौकीमा ३६३ गरी जम्मा ८६८ जनाले एआई प्रविधिद्वारा छातीको एक्सरे जाँच गराएका हुन् । एक्सरे जाँचबाट पालिकाभरि १४ जनामा क्षयरोग पुष्टि भएको छ । उनीहरुलाई औषधी दिन शुरु गरिसकेको स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले बताए ।

एआई एक्सरे परीक्षणमा १३१ जनामा क्षयरोगको लक्षण देखिएका कारण उनीहरुको खकार परीक्षण गरिने र ४५ जनाको Genexpert test गरिने स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिएका छन् । शिविरमा स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय झापाको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्