झापा, बैशाख २७ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मध्यरातमा अपांगता भएकी महिलाको अपहरण भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नं ३ घर भई हाल वडा नं ४ मोडेल चौक छेउमा रहेको अब्दुल अन्सारीको मकै खेतबारीमा कटेरो बनाई बसेका बोल्न नसक्ने श्यामलाल खत्बेकी श्रीमती ३० वर्षीया नाम नखुलेको बोल्न नसक्नेलाई ३–४ जना नाम थर नखुलेको पुरुषले उठाएर लिएर गएका हुन् ।

स्थानीयले चिरौली चोकमा खबर गर्नासाथ चिरौली चोकबाट प्रहरी सहायक निरीक्षक अमर खड्काको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सबिना लिम्बू, प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्