झापा, बैशाख २७ । पाँचथरमा चट्याङले लागेर दुई चौपाया मरेका छन् ।

गएराति पाँचथर हिलिहाङ–२ कोलडाँडा टोल बस्ने इन्द्रबहादुर भण्डारीको गोठमा बाँधेको भैसीको पाडो र कोरोली गाई बर्षासंगै परेको चट्याङको झट्का लागेर गोठमै मरेका हुन् ।

आज बिहान सोही वडाका वडा अध्यक्षमार्फत अस्थायी प्रहरी चौकी सिंहापुरमा खवर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । पाडो र कोरोली गाई मर्दा अन्दाजी ४० हजार बराबरको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्