झापा, बैशाख २८ । इलामकी एक वृद्धा भीर मौरीको मह खाएर विरामी भएकी छन् ।

हिजो साँझ ५.३० बजे इलाम सूर्योदय नगरपालिका– ३ बौद्धधाम बस्ने हर्कबहादुर राईकी श्रीमती ७२ वर्षीया भिमकमला राईले ब्लड प्रेशर कम भएर औषधीको लागि आफ्नै घरमा राखिएको भीर मौरीको मह २–३ चम्ची खाएकी थिइन् । मह खाएपछि उनी सिकिस्त भएकी हुन् । उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । ती वृद्धा पहिलादेखि नै सुगर र प्रेसरको बिरामी रहेको बुझिएको छ ।
आज बिहान इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्