झापा, बैशाख २८ । मकैबारीमा जोत्ने क्रममा सामान्य विवाद हुँदा खोटाङमा कोदालोको पासोले हिर्काएर श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

हिजो बिहान हलेसी तुवाचुङ नगरपालिका –९ माथिल्लो चिचिङ्गा बस्ने ५१ वर्षीय पाँचकर्ण राई र उनकी श्रीमती ५३ वर्षीया रेनुका राईबिच मकैबारीमा जोत्ने क्रममा सामान्य विवाद भएको थियो । त्यसक्रममा रेनुकाले कोदालोको पासोले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन् । घाइते पाँचकर्णलाई उपचारको लागि नगर अस्पताल दुर्छिम पठाइएकोमा त्यहाँ संभव नभएपछि थप उपचारको लागि हेलिकप्टरद्वारा काठमाण्डौको अन्नपुर्ण न्युरो अस्पताल लगिएको थियो ।

सोही अस्पतालमा उपचारका क्रममा साँझ ५.५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रेनुकालाई इलाका प्रहरी कार्यालय हलेसीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्