झापा , बैशाख २८ । धनकुटामा इभी र बस एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् ।

आज बिहान ११ः१७ बजेतिर धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर १ लाबरबोटेमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं १–०२–००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नं १–०२–००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा इभीमा सवार सुनसरी रामधुनी ३ बस्ने ५८ वर्षीया जानुकादेवी खतिवडा, भोजपुर १० बस्ने वर्ष २१ वर्षीय अमिर राई, सोही ठाउँ बस्ने ६१ वर्षीय हर्कबहादुर राई , २० वर्षीया सोफिया राई र इभी चालक भोजपुर ८ बस्ने ४० वर्षीय विपिन नेपाल घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको छ ।

बस चालक इटहरी १७ बस्ने ४९ वर्षीय कुलबहादुर मगरलाई प्रहरी चौकी मुलघाटले नियन्त्रणमा लिएको छ । बसमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको र बाटो अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्