कुमरखोद , कात्तिक ८ । झापा गाउँपालिकामा छठ पर्वको अवसरमा तीनदिने धार्मिक मेला लाग्ने भएको छ ।


झापाली युवा क्लवको आयोजनामा झापा गाउँपालिका वडा नं २ मा रहेको सानोमाई खोलाको किनारमा कात्तिक ९ देखि ११ गतेसम्म धार्मिक मेला लाग्ने भएको हो । छठ पर्वमा लाग्ने धार्मिक मेला र पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुलाई व्यवस्थित गर्न समीलाल राजवंशीको नेतृत्वमा २५ सदस्यीय समिति गठन भएको छ । उक्त धार्मिक मेलालाई आकर्षक वनाउनका लागि धार्मिक नाच , रोटेपिङ , नौका विकार , ड्रागन खेलको समेत व्यवस्था गरिएको छ ।

अहिले सानोमाई खोलाको वारिपारि दुवैतर्फ सरसफाई गर्ने कार्य तीव्ररुपमा भइरहेको छ भने स्वागत गेटहरु निर्माण भइसकेको क्लवका अध्यक्ष राजवंशीले बताए । उनका अनुसार मेला व्यवस्थापन र घाट निर्माणका लागि प्रत्येक घाटबाट एकहजार रुपैयाँको दरले शुल्क उठाइने छ । मेलामा कुनै पनि किसिमको जुवाजन्य खेल नखेलाइने उनले बताए ।

झापा बजारबाट लगभग ५सय मिटर पश्चिममा रहेको सानोमाई खोलामा छठ पर्वको अवसरमा विगत केही वर्षदेखि मेला लाग्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्