झापा, बैशाख १४ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा २ लाख बढीको मृत्यु भएको छ ।

आज बिहानसम्म विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३ हजार २६९ जना पुगेको छ ।
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनबाट फैलिएको कोरोना भाइरसले साढे ३ महिनाको अवधिमा २९ लाख बढीलाई संक्रमित बनाइसकेको छ । अहिलेसम्म विश्वका २९ लाख २० हजार ९०५ व्यक्ति उक्त भाइरसबाट संक्रमित भएको वल्ड मिटर्सले जनाएको छ । भाइरस संक्रमणमा परेका ८ लाख ३६ हजार ६८३ जना भने उपचारपछि निको भएका छन् । अहिले पनि विश्वमा १८ लाख ९० हजार ९५३ जना संक्रमित छन् ।

यसक्रममा भाइरसका कारण अमेरिकामा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा ५४ हजार २५६ जनाको मृत्यु भएको छ । त्यहाँ ९ लाख ६० हजार ६५१ व्यक्तिलाई संक्रमण भइसकेको छ ।यसैगरी इटलीमा २६ हजार ३८४ जना र स्पेनमा २२ हजार ९०२ जनाको ज्यान गएको छ । फ्रान्समा २२ हजार ६१४ जना र बेलायतमा २० हजार ३१९ जनाको मृत्यु भाइरसकै कारण भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्