झापा, बैशाख २० । धेरै चासोकासाथ हेरिएको सत्तारुढ नेकपा सचिवालय बैठक शुरु भएको छ ।

बैठकमा पार्टीभित्रको विवाद तथा सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने जनाइएको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री केपी ओली भेटवार्तामा व्यस्त भएका थिए । दिउँसो १२ बजेतिर उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले त्यसपछि गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलसँग भेटवार्ता गरे ।

बादल र पौडेलसँगको भेटपछि शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपतिसँगको भेटलगत्तै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । प्रधानमन्त्रीको आजको दौडधुपले उनले सचिवालयमा बहुमत जुटाएको दाबी स्रोतको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्