धुलाबारी, वैशाख २६ । झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटा मेचीनगर नगर कार्यपालिकाको नगर सहकारी समन्वय समिति सदस्यमा मनोनित भएका छन् । सो समितिमा अन्य चार जना सहकारीकर्मीहरु पनि मनोनित गरिएको छ ।

नगरपालिकाको सहकारी शाखाका अनुसार झापा जिल्ला सहकारी संघक सञ्चालक सदस्य दुर्गादेवी खतिवडा, विषय विज्ञका रुपमा ठाकुरप्रसाद शिवाकोटी, सहकारीकर्मी कमल काफ्ले र संगीता थापालाई सदस्यमा मनोनित गरिएको छ । नगर कार्यपालिकाको वोर्डले स्थानीय सहकारी ऐन २०७५ को दफा १०१ बमोजिम मनोनित गरिएको हो । मनोनित सदस्य सापकोटा मेची कृषक बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष, एग्रीकल्चर एलायन्सका केन्द्रीय अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्