दमक, वैशाख २६ । संविधानसभाका सदस्य विश्वदीप लिङ्देनले आफ्नो उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । एकसाता लामो उपचारपछि डिस्चार्ज भएर दमक घर आए लगत्तै उनले चिकित्सकहरु आफ्ना लागि भगवान नै भएको बताए । लिङ्देनले चिकित्सकसँगै देश विदेशमा रहेका शुभचिन्तक र शुभेच्छुकलाई पनि धन्यवाद दिएका छन् । चिकित्सकको मेहनत र उपचारप्रति म ऋणी छु प्रतिदिन अनलाइनसँग सम्क्षिप्त कुरा गर्दै उनले भने, साथीभाइ र इस्टमित्रको सद्भाव र शुभेच्छा आत्मबल दह्रो भयो, अनि छिटो निको हुन भएँ ।

उनले डा.सुनिल शर्मा, मुटुरोग विशेषज्ञ राजेश नेपाल, नर्स विनिता खतिवडा लगायत टिमको मेहनतले आफ्नो सफल उपचार भएको उनले सम्झे । आफू बिरामी हुँदा साथीभाइ, छिमेकी र पार्टी पंक्तिले गरेको सहयोग अतुलनीय भएको उनले स्मरण गरे । नेपाली काङ्ग्रेसका नेतासमेत रहेका लिङ्देन मुटु, जन्डिस, लिभर सम्बन्धि समस्याले गम्भीर बिरामी परेका थिए । नोवल अस्पताल बिराटनगरमा सात दिनको उपचार पछि उनी आज डिस्चार्ज भएका हुन् । चिकित्सकले उनलाई अझै केही समय घरमै आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्