भद्रपुर, जेठ १ । भद्रपुर नगरक्षेत्रमा सञ्चालनमा रहेका अधिकांस संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ सालको दिनुपर्ने पारिश्रमिक रोकेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कतिपय विद्यालयले शैक्षिक वर्ष २०७६ सालको माघदेखि चैत्र महिनासम्मको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) ले ज्ञापनपत्रमा जनाएको हो ।इस्टुले भद्रपुर नगरपालिकालाई सो ज्ञापनपत्र बुझाएको छ । इस्टुले भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको पारिश्रमिक अविलम्ब भुक्तानीको ब्यबस्था मिलाइदिन नगरपालिकासँग माग गरेको अध्यक्ष द्रोण अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्