बिर्तामोड, जेठ १ । झापाको बिर्तामोड —१ मा आज आगलागी भएको छ । बिहान ९.३० बजेतिर भएको आगलागीमा लाखौंको क्षति भएको छ ।

आगलागीबाट रवि तथा तारा भूजेलको घर जलेको हो । आफन्त याम भूजेलका अनुसार आगलागीमा २ लाख जति भारतीय रुपैयाँ जलेको छ । भारतीय आर्मीको पेन्सन पट्टा लगायतका महत्वपूर्ण कागजात जलेर नस्ट भएको छ । क्षतिको पूर्ण विवरण आएको छैन ।

सो घर सेवा निवृत भारतीय आर्मीको हो । सेन्टरबेरा र टिनको छानो भएको घर भत्काएर नयाँ घर बनाउँदै गरेको भूजेल परिवार केही दिनदेखि छाप्रो बनाएर बस्दै आएको थियो । सोही छाप्रो जलेर नस्ट भएको जनाइएको छ । आगलागीमा खाद्यान्न, लत्ताकपडा र काठपात समेत जलेको छ । स्थानीयबासी र बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

दमकल आउन ढिलो भएका कारण केही पनि जोगाउन नसकिएको स्थानीयले बताए । छाप्रामा बस्दै आएको भूजेल परिवारलाई बिर्तामोड रेडक्रसले तत्काल एक सेट राहत सामग्री उपलब्ध गराएको छ । स्थानीय महिलाले ग्यास र चुल्होको प्रबन्ध गरेको बताइको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्