मेचीनगर, जेठ २ । मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले भारतले सम्झौता उल्लंघन गर्दैं विभिन्न समयमा दुःख दिने प्रवृतिको खुलेरै विरोध गरेका छन् ।

नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस’ उनले भने –‘भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ, भारतको यस्ता गतिविधिको म घोर निन्दा र भर्त्सना गर्दछु ।’
नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धि सम्झौताप्रति अहिले भारतले एकलौटीरुपमा उल्लंघन गरेकोप्रति नगर प्रमुख आचार्यले रोष प्रकट गरे । शुक्रवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख आचार्यले अहिले भारतले व्यापार पारवहनलगायतका विभिन्न विषयमा भएका सन्धि सम्झौता समेत उल्लंघन गरेको आरोप लगाए ।

अहिले विश्व नोवल कोरोना भाइरसका कारण थलिएका बेला विश्वका मानिस आआफ्नै घरभित्र सुरक्षितरुपमा बसिरहेका बखत भारत सरकारले सम्झौता उल्लंघन गरी १२ सय नेपालीहरुलाई दशगजामा ल्याएर भोकभोकै बनाएको आरोप लगाए । ‘जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भएको थियो ’ नगरप्रमुख आचार्यले भने—‘ अहिले भारतले एकतर्फी रुपमा सम्झौेता तोडेर १२ सय नेपाललाई दशगजा क्षेत्रमा ल्याएर भोकभोकै बस्न बाध्य भएको छ । ’ उनले सीमामा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।यसका लागि आदर्श माध्यमिक विद्यालय आयावारी, रामघाट दिव्यधामको भवन, राधास्वामी भवन तथा मेचीनगर ११ स्थित धाइजनमा रहेको स्वास्थ्य केन्द्रमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको नगरप्रमुुख आचार्यको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्