दमक, जेठ ८ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको कोरोना वीमा निशुल्क गरिदिने भएको छ ।

यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आवद्ध तथा अन्य सक्रिय पत्रकार गरी दुई दर्जनबढी पत्रकारहरुको १ लाख रुपैयाँसम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग पुर्याउने भएका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशसहित पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाउँ पुर्याउन बीमाको व्यवस्था गर्न लागिएको उनले बताए । जोखिमका बाबजुद सूचना प्रेषण गर्न अहोरात्र खटिएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षाप्रति यूनियन चिन्तित भएकाले वीमा कार्यक्रम ल्याएको उनले बताए । विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बिमा गरिने उनले जनाए ।
बीमाको नियमअनुसार विमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्सले उपचार खर्च वापत रु १ लाख दिने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्