झापा, जेठ ९ । नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सुरक्षा भत्ता रोकेर सरकारले अतिविपन्न, एकल महिला, बृद्धबृद्धा, अपाङ्गलगायत सिमान्तकृत वर्गमाथि आहात पुर्याएको भन्दै सरकारी निर्णय सच्याउन माग गरेकी छिन् ।

नेतृ भट्टराईले एक प्रेस नोट जारी गर्दै लकडाउनले गाँस जुटाउन समस्यामा परेका वर्गप्रति सरकारले अनुदार भएर सामाजिक सुरक्षा भत्ता रोक्ने काम निन्दनीय भएको ठहर गर्दै निर्णय सच्याउन माग गरेकी हुन् ।
उनले निर्वाचनका बेला घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइ दिने आश्वासन दिएर जनमत बटुलेको वर्तमान सरकारले बन्दाबन्दीले रोजगार गुमेको कठिन समयमा सामाजिक सुरक्षा भत्ता रोक्ने काम गर्दा एकल महिला, अतिविपन्न सिमान्तकृत वर्ग लगायत समस्यामा पर्ने चिन्ता व्यक्त गरेकी छिन् ।
नेतृ भट्टराईले सरकारको निर्णय फिर्ता लिन समेत माग गरेकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्