झापा, जेठ १० । भक्तपुरका एक जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार पुष्टि भएकामध्ये भक्तपुर नगरपालिकाका एक जनप्रतिनिधि रहेको स्रोतले जानकारी दिएको छ ।

भक्तपुरमा योसँगै कोरोना संक्रमितको संख्या चार पुगेको छ । यसअघि पहिलोपटक गत बैशाख ३० मा मध्यपुर थिमि–४ शंखधरचोक बस्ने एक महिला र चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेल बस्ने एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । यस्तै, जेठ ६ मा भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित यसीँख्यका एक ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्