कमल , जेठ १० । कमल गाउँपालिका —७ मेमेङ टोलस्थित किरात युमा माङहिमले निर्माणाधिन माङहिमको आयव्यय सावंजनिक गरेको छ ।

माङहिम परिसरमा आज एक कार्यक्रम गरी निर्माणाधिन माङहिमको हालसम्मको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको सचिव विष्णु सुब्बाले वताए ।
दुई वर्षदेखि निर्माण शुरु भएको माङहिममा गाउँपालिकाबाट गत वर्ष ४ लाख, यूकेवाट संकलित ६८ हजार ५ सय ८५ , जमुना मावोवाट प्राप्त ५ हजार गरी कुल ४ लाख ७६ हजार ५सय ८५ रुपैयाँ खर्च भएको र चालु आर्थिक बर्षमा नै गाउँपालिकाबाट अधुरो भवनका लागि थप १ लाख ५० हजारको लागतमा पिलरसहित ईटा जडानको काम सम्पन्न भएको गठित भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्णकुमार मावोले जानकारी दिए ।

माङहिमका अध्यक्ष भीमराज लिम्बुको अध्यक्षतामा भएको आयव्यय सार्वजनिक कार्यक्रममा अनुगमन समितिका संयोजक बमविक्रम लाओती,भानुभक्त जवेगुलगायतले निर्माणाधिन माङहिमका बारेमा बोलेका थिए । माङहिमसहित सामुदायिक भवन निर्माणका लागि स्थानीय समाजसेवी गणेशबहादुर केरुङले दुई कठ्ठा र दाता बुद्धमाया मावोले १० धुर जमिन निशुल्क दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्