दमक,जेठ १० । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक नगर समिति दमकले बन्दाबन्दीका कारण मर्कामा परेका मजदुरहरुलाई खाद्यान्न सहयोग दिएको छ ।

संस्थामा आवद्ध ७६ जना मजदुर चालकहरुलाई संस्थाको निर्णय अनुसार चामल,दाल,तेल,नुन सहयोग उपलव्ध गराईएको सचिव प्रितम दाहालले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड— १९ ) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो समयदेखिको जारी बन्दाबन्दीका कारण चालकहरुको पेशा नै प्रभावित भएकाले संस्थामा आवद्ध सदस्य मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको उनले बताएका छन् ।

शुक्रवार र आज शनिवार दमकमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा हलुका सवारीका नगर अध्यक्ष प्रेम श्रेष्ठ, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्यद्वय गोपाल थापा, विश्वास काश्यप ,प्रदेश सदस्य डार्विन संग्रौला, जिल्ला अध्यक्ष गान्धी भण्डारी, उपाध्यक्ष बालकृष्ण श्रेष्ठ , सचिव गौतम लामालगायतको उपस्थिति रहेको थियो ।
यसअघि संस्थाले १२ जना मजदुरलाई समेत खाद्यान्न राहत दिएको थियो । संस्थामा आवद्ध १८० मजदुरलाई सो सहयोग उपलव्ध गराउने निर्णय भएको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्