झापा , जेठ ११ । विश्वभरि करोना संक्रमितको संख्या ५४ लाख १ हजार ६१२ पुगेको छ ।

यो भाइरसबाट मृत्यु हुनेको तथ्यांक ३ लाख ४३ हजार ८०४ भएको छ । अमेरिकामा १६ लाख ६६ हजार ८२८ संक्रमित र मृत्यु हुनेको संख्या ९८ हजार ६८३ पुगेको छ । तर, न्यूयोर्कमा एकदिनमा १०० भन्दा कम मृत्यु भएको छ ।यस वर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण भइरहेको मृत्युको तथ्यांक १०० भन्दा कम भएको हो ।न्यूयोर्कका गभर्नर एन्ड्रो कूमोले पछिल्लोे चौबीस घण्टामा त्यहाँ ८४ जनाको मृत्यु कोरोनाबाट भएको बताए । हिजो त्यहाँ १०८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्