कुञ्जीबारी, जेठ ११ । ज्यान मार्ने धम्की र विभिन्न प्रलोभन देखाइ पटकपटक किशोरी बलात्कार गरेको आरोप झापा कुञ्जीबारीका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका — १ का ४५ वर्षीय श्रीप्रसाद झा रहेको प्रहरीले जनाएको छ । उनलाई घरैबाट पक्राउ गरिएको प्रहरी चौकी कुञ्जीबारीका असइ दीपक कडेलले बताए ।पीडित किशोरीले घरमा जानकारी गराएपछि अभिभावकले दिएको उजुरीका आधारमा झालाई शनिबार पक्राउ गरिएको कुञ्जीबारी प्रहरीका इन्चार्ज समेत रहेका कडेलले जानकारी दिए ।
पीडित परिवारले इलाका प्रहरी कार्यालय झिलझिलेमा किटानी जाहेरी दिएको छ । किशोरीलाई स्वास्थ्य परीक्षण गर्न पठाइएको छ ।झाले एक वर्षदेखि ती किशोरीलाई विभिन्न प्रलोभनमा देखाएर यौन शोषण गर्दै आएको बताइएको छ । यस अघि पनि झाले पटकपटक यस्ता घटना गरेको र गुपचुपमा मिलाउने गरेको स्थानीयले दाबी गरेका छन् । झाले घटना कसैलाई भने ज्यान मार्ने धम्की दिने गरेको स्थानीयको आरोप छ । स्थानीय बालकल्याण माविको कक्षा ७ मा अध्ययनरत ती किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र झालाई इलाका प्रहरी कार्यालय झिलझिले पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्