झापा, जेठ ११ । नेपालसँग सीमा जोडिएको भारत पश्चिम बंगालको सिलिगुडीमा चार दिनमा चारजनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

संक्रमित हुनेमा एकजना किशोर पनि रहेका छन् । सिलिगुडी नजिक अटोमोबाइल्समा काम गर्ने ती किशोरलाई बिहीबार साँझ कोरोना पुष्टि भएको हो । माटिगाराका बीडीओ रुनु रायले संक्रमित क्षेत्र प्रतिरामजोत निरीक्षण गरेका छन् । त्यस क्षेत्रलाई सिल गरिएको छ । यसैवीच, सिलिगुडीदेखि ७६ किलोमीटर टाढा इस्लामपुर क्षेत्रमा पाँचौ कोरोना संक्रमित फेला परेका छन् ।उत्तर दिनाजपुर जिल्लाका अधिकारी रविन्द्रनाथ प्रधानले त्यसको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्