झापा, जेठ ११ । नेपाली मजदुरहरुले भारतको सिक्किममा काम गरेको वर्षौ भइसक्यो । अधिकांशले सामान बोक्ने भरियाको काम गर्छन् । सिक्किमको विभिन्न भागमा करीव २ हजार नेपालीले दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका छन् । कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन लम्बिदै गएपछि ती नेपालीहरुले घर फर्किन खोजिरहेका छन् ।

अलपत्र नेपाली मजदुर

‘अहिले काम बन्द छ, त्यसैले कमाइ छैन’डारागाउँमा भेटिएका एक भरियाले भने ।‘घर भनेको घर हो, काम नभएपछि हामी घर फिर्छौ परिवारसँगै दुखसुख बाँड्छौँ’ अर्का भरियाले थपे । नामनाम क्षेत्रका अर्का भरियाले आफूहरु जोखिम मोलेर भएपनि घर फर्किन तयार रहेको बताउँदै नेपाल सरकारले आफूहरुलाई चाँडै स्वदेश फर्काउने आशा ब्यक्त गरे ।‘ सिक्किम सरकारले मात्र एक्लैले पठाउन सक्दैन’ उनले भने,‘त्यसकारण हामी नेपाल सरकारलाई स्वदेश फर्काउनका लागि पहल गर्न अपिल गर्छौँ ।’सिक्किममा रहेका अधिकांश नेपालीहरु ओखलढुंगा, रामेछाप र दोलखाका भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्