झापा, जेठ ११ । झापाको थप एकजनामा कोरोना संक्रमण देखिएको छ ।

बाह्रदशी गाउँपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । करीव ४५ वर्षीय ती ब्यक्ति चार दिनअघि भारतको दिल्लीबाट पन्थापाडा डिघलबैक नाका हुँदै आएका थिए । उनलाई राजगढको एस्टार हस्पिटलमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । शुरुमा उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको पीसीआर गरिएको थियो । त्यसको रिपोर्ट भने नेगेटिभ आएको थियो । शंका लागेर पुनः ती ब्यक्तिको स्वाब टेष्ट गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए । क्वारेन्टाइनमा बसेका ११ जनाको स्वाब टेष्टका लागि हिजो पठाइएकोमा एकजनाको पोजेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।यसअघि ती संक्रमितसहित दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । बाह्रदशी ४ का अर्का शंकास्पदको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । वडाध्यक्ष राजवंशीले संक्रमितलाई कोरोना अस्पताल विराटनगर पठाइएको जानकारी दिए ।यसअघि पनि बाह्रदशी ४ का एक पुरुषमा संक्रमण भेटिएको थियो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्