झापा, जेठ ११ । थप १९ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन्।  जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।  आइतवार मोरङमा १, बारामा १, पर्सामा ३, रौतहटमा १, सर्लाहीमा १, रूपन्देहीमा ६, काठमाडौँ सोह्रखुट्टेमा १, नुवाकोटमा १, कपिलवस्तुमा ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ। ककनी गाउँपालिका-३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आए पनि उनको पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ। पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्‍जबाट ७ जना निको भएर घर फर्किएका छन्। 
Read more at: http://thahakhabar.com/news/98751

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्