झापा, जेठ ११ । हिन्दी वेभ सिरिज ‘पाताललोक’मा नेपाली भाषालाई अपमान गरिएको भन्दै त्यस विरुद्ध उजुरी परेको छ ।

उजुरी दिदै

भारत सिक्किमका सामाजिक कार्यकर्ता नवकिरण प्रधानले पाताललोक सिरिजमा नेपाली भाषालाई अपमान गरिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । अधिवक्ता समेत रहेका प्रधानले अमेजन प्राइम भिडियो वेभ सिरिजका निर्माता र कलाकारविरुद्ध उजुरी हालेको सदर पुलिस स्टेशनले जनाएको छ । त्यस सिरिजमा अश्लिल, फोहोरी,अमर्यादित र चोट पुग्ने खालको नेपाली भाषा प्रयोग गरिएको छ । बलिउड अभिनेत्री अनुश्का शर्मा त्यस सिरिजको सहनिर्माता रहेकी छन् ।नेपाली समाजलाई नै ठेस पुग्ने खालको दृश्य त्यसमा चित्रण गरिएको जनाइएको छ । सिरिजको निर्माता अनुश्काका भाइ करनेश शर्मा रहेका छन् । त्यसैगरी भारतको अरुणाञ्चल प्रदेशमा पनि शर्मा विरुद्ध उजुरी परेको जनाइएको छ । यता नेपालमा त्यस सिरिजमा नेपाली समाज र नेपाली भाषालाई अपमानित गरिएको भन्दै कला क्षेत्रका ब्यक्तिहरुले भर्त्सना गरेका छन् । कलाकारहरु रिचा शर्मा, रेखा थापा , केकी अधिकारीलगायतले त्यसको भर्त्सना गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्