झापा,जेठ १६। भद्रपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिका ५ स्थित वडा शंकरर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुडी प्रशिक्षण केन्द्रको क्वान्रेटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफ्फरपुरबाट आएका थिए । भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । क्वारेन्टाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो । पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । भद्रपुरमा आएका उनलाई क्वारेन्टाइनमा लगेर राखिएकोले वडामा संक्रमण फैलिने त्रास नरहेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए।
बिहीबार मात्रै झापामा २६ जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी राना मगरले जानकारी दिए । कचनकवलमा २५ र भद्रपुरमा एक जना थपिएका हुन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । त्यसमध्ये कचनकवलमा ७३, बाह्रदशी र गौरदहमा दुई —दुई , दमक र झापा गाउँपालिकामा एक— एक जना थपिएका हुन् । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्