गौरीगञ्ज, जेठ १६ । १६ बर्षिया एक किशोरीलाई करणी अभियोगमा झापाको गौरीगञ्ज गाउँपालिका ३ तेलगानीका एक व्यक्ति आज पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा ६० वर्षिय गोबिन्द दाहाल रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि दाहाललाई पक्राउ गरिएको उनले बताए ।
गत मंसिर १५ गते पीडितका बुबाआमा उपचारका लागि भारत गएको र भाइहरू विद्यालय गएको मौका छोपी दाहालले किशोरीलाई जर्बजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
पीडित किशोरीलाई बलात्कारपश्चात् गर्भ बसेपछि घटनाको विषयमा होहल्ला गरे दाहालले ज्यान मार्ने धम्की दिएको कारण डरले किशोरीको गर्भ तुहाईएको र घटना लुकाईराखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।
सात दिनअघि समेत गौरीगञ्ज १ महाभारामा समेत स्थानीय १४ बर्षिया एक बालिकालाई करणी गरेको अभियोगमा त्यहाँका ४५ बर्षिय श्रीप्रसाद झालाई झिलझिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्